पाँचथरः आगलागीमा २१ महिनाकी बालिकाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
४४ पटक हेरिएको
Shares
पाँचथरः आगलागीमा २१ महिनाकी बालिकाको मृत्यु !

सारांश

  • पाँचथर, ३१ साउन ।
  • पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ ।
  • छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् ।

पाँचथर, ३१ साउन । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
ताप्लेजुङ सदरमुकाममा आगलागी, नियन्त्रणकाे प्रयास जारी
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ताबाट नारायणकाजीले किन दिए राजीनामा ?
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ
हत्याको आरोपीलाई समाउँदा शेरबहादुर देउबा भन्छन् ‘कांग्रेसमाथि प्रहार हुन थाल्यो’
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
महाभियोग सुनुवाइमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित नहुने
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता
बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता