उपराष्ट्रपति पदका लागि आज निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२६ पटक हेरिएको
Shares
उपराष्ट्रपति पदका लागि आज निर्वाचन

सारांश

  • काठमाडौँ ।
  • मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ ।
  • निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

काठमाडौँ । मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने मतदानमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिइन् ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ । उपराष्ट्रपति मर्यादाका हिसाबले दोस्रो माथिल्लो पद हो । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ । मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । हाल उपराष्ट्रपतिमा नन्दबहादुर पुन छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्वतमा शुल्क तिरेर मात्रै पुलमा आवतजावत
पर्वतमा शुल्क तिरेर मात्रै पुलमा आवतजावत
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
चुरोट चोरेको आरोपमा विवाद हुँदा साथीको हत्या
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
​पुननिर्माण प्राधिकरणको बैठकमा प्रधानमन्त्री ओलीले गरे यस्तो निर्णय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
गृहमन्त्रीको निर्देशनपछि आधा दर्जन यातायात व्यवसायी पक्राउ, अरुको खोजी जारी
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौ श्रृङ्खलाः घोराही अडिसनमा १ सय ७० मा १ सय ३३ छानिए
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न माग
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
जिसस विरुद्ध किन दिए प्रदेशसभा सदस्यले उजुरी ?
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’

तपाईंले छुटाउनुभयो कि?