ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७४
|
|
१६ पटक हेरिएको
Shares
ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्त्यका लागि मेरो उम्मेद्वारी : तामाङ

सारांश

  • महासचिवको उम्मेदवार बन्नुभएको छ किन ?
  • यस क्षेत्रको विकृती, विसंगतीहरुलाई अन्त गर्दै निर्माण व्यवसायीहरुको हकहितमा काम गर्नका लागि मैले महासचिव पदमा उम्मेदवारी दिएको हँु ।
  • साना निर्माण व्यवसायीहरु माथि बर्षौ देखिको थिचोमिचो छ ।

महासचिवको उम्मेदवार बन्नुभएको छ किन ?
यस क्षेत्रको विकृती, विसंगतीहरुलाई अन्त गर्दै निर्माण व्यवसायीहरुको हकहितमा काम गर्नका लागि मैले महासचिव पदमा उम्मेदवारी दिएको हँु । साना निर्माण व्यवसायीहरु माथि बर्षौ देखिको थिचोमिचो छ । त्यस्तै राज्य र हामी व्यवसायीहरु बीच पनि ठु्लो खाडल छ । मालिक र नोकरको बीचमा हेर्ने प्रचलन रहेको छ । त्यसलाई हटाई सुमधुर सम्बन्ध विकास गर्न आवश्यक छ । त्यसको अन्तका लागि काम गर्ने हेतुले मैले उम्मेदवारी दिएको हुँ ।

तपाईले देखेको यस क्षेत्रको समस्या के के हुन् ?

समस्या त धेरै छन् । भूक्तानी प्रणालीमा समस्या छ । जुन अनुसार सम्झौता भएको हुन्छ । त्यो अनुसारको भूक्तानी हुदैन । राज्यले हामीलाई निकै अपहेलना गरेको छ । हामी राज्यको पाँचौ अंग हौ । तर पनि हामीलाई अझै सम्म मुलुकको विकास निर्माणको साझेदारको रुपमा लिन सकेको छैन । सधै ठेकेदारको रुपमा मात्र हेर्ने गरेको छ । समय अनुसार यस क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ सोही अनुसार जनशक्ति उत्पादनका लागि तालिम लगायतका कामहरु गर्नुपर्ने अवस्था छ । त्यस्तै प्राविधिकको पनि प्रमुख समस्या रहेको छ । हामी साना व्यवसयाीहरुले प्राविधिक राखेर काम गर्न सक्ने अवस्था छैन । सरकारी प्राविधिहरुले हामीले शतप्रतिशत काम गरेपनि ७० प्रतिशत मात्र काम भएपछि लखेट्ने गरेको प्रवृती व्याप्त छ । जसको निराकरणका लागि यस अघिको नेतृत्वले खासै प्रयास गरेको छैन ।

तपाई विजयी हुने आधार के हो ?

मैले विगत १०–१२ दिन देखिको चुनाव प्रचार–प्रसारका क्रममा धेरै व्यवसायीहरुसँग भेट गरे । उनीहरुले मलाई सकारात्मक प्रतिक्रिया दिनु भएको छ । संस्थामा धेरै लामो समय देखि एउटै व्यक्तिले हालीमुहाली गरिरहेको छ । त्यसकारण नयाँ व्यक्तिको खोजीमा छौ । तपाईले आट गर्नुभएको छ भनेर प्रोत्साहन गर्नुभएको छ । सानो व्यवसायीहरुलाई पनि माथि उठाउन उनीहरुको हकहितका लागि लड्न भनेर मैले महासचिव पदमा उम्मेदवारी दिएको हो । त्यसकारण म विश्वस्त छु मलाई साथीहरुले विश्वास गर्नु हुने छ ।

उसो भए अव सहमतिय नेतृत्व चयनको अवस्था सकिएको हो ?
सर्वसम्मत नेतृत्व चयनका लागि हामीले प्रयास नगरेका होइनौ । धेरै प्रयासहरु गर्यौ तर ती प्रयासहरु सफल हुन नसकेपछि हामी निर्वाचनमा होमिएका हौ । मैले अघि पनि भने हामी हाम्रा प्रतिस्प्रधीहरुलाई भन्यौ तपाईहरुले विगतमा संस्थामा धेरै समय विताई सक्नु भयो । तर व्यवसायीको हकहितमा खासै काम गर्न सक्नु भएन । अव तपाईहरुले हामीलाई अवसर दिनुस् हामी केही गर्न चाहन्छौ भनेको हो तर उहाँहरुले संस्थामा बसेर समग्र निमार्ण व्यवसायीको हितमा काम गर्न सक्नुभएन । यहाँ टासी रहनु पर्ने के छ ?

त्यही भएर होला सायद उहाँहरुले सजिलै छाड्न चाहनु भएन । विगतमा पनि उहाँहरुले संस्थामा रहेर आफ्नो आर्थिक हैसियत बढाउने बाहेक अन्य खासै काम गर्न सक्नु भएन । त्यसकारण ठाउँमात्र ओगटेर बस्ने प्रथाको अन्तका लागि हामी निर्वाचनमा होमिन बाध्य भएका हौ । त्यसर्थ यो निर्वाचनले काम गर्ने व्यक्तिलाई संस्थामा पठाउने छ भन्नेमा म विश्वस्त छु ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा आज भेटिएका ४ कोरोना संक्रमितमध्ये ३ जना प्रहरी अस्पतालका
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
अध्यक्ष नेपालद्वारा सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
पाँच वर्षमा पहिलो पटक आईएस नाइके भिडिओमा देखा परे, श्रीलंका घटनाको जिम्मेवारी लिए
आजदेखि हात्तीपाइले विरुद्धको औषधि अभियान
आजदेखि हात्तीपाइले विरुद्धको औषधि अभियान
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
न्यायपालिका न्यायविहीन भएको छ, प्रा डा गोविन्द केसी
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
इत्तिहादमाथि अल नासरको फराकिलो जित, रोनाल्डो र मानेको २-२ गोल
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
लोकमान पछि सुशीला कार्कीलाई पनि महाअभियोग लगाउन माग
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित
जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित

तपाईंले छुटाउनुभयो कि?