रेखा थापा प्यूठान महोत्सवमा पुगेपछि यसरी उर्लियो जनसागर

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रेखा थापा प्यूठान महोत्सवमा पुगेपछि यसरी उर्लियो जनसागर

सारांश

  • प्यूठान, ८ फागुन ।
  • “आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार : उद्यमी जनशक्ति, समृद्ध प्यूठानको आधार” मूल नाराका साथ शुरु भएको स्वर्गद्वारी प्यूठान महोत्सव”को आज अन्तिम दिन ।
  • महोत्सव समापनकै दिन नेपाली चलचित्र जगतमा विगत डेढ दशकदेखि एकछत्र राज गरेकी सुपरिचित र लोकप्रिय नायिका रेखा थापा पुगेपछि थामिनसक्नु जनसागर उर्लियो ।

प्यूठान, ८ फागुन । “आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार : उद्यमी जनशक्ति, समृद्ध प्यूठानको आधार” मूल नाराका साथ शुरु भएको स्वर्गद्वारी प्यूठान महोत्सव”को आज अन्तिम दिन । महोत्सव समापनकै दिन नेपाली चलचित्र जगतमा विगत डेढ दशकदेखि एकछत्र राज गरेकी सुपरिचित र लोकप्रिय नायिका रेखा थापा पुगेपछि थामिनसक्नु जनसागर उर्लियो ।

महोत्सवको १० औं दिन नायिका थापा र “छोरीका निम्ति स्वर्णीम नेपाल महा–अभियान”का अभियन्ता नरबहादुर कार्कीसहित प्यूठान पुग्दा प्यूठान महोत्सवस्थल खचाखच भरिएको थियो । प्यूठान महोत्सवको इतिहासमा अहिलेसम्मकै ऐतिहासिक जनसागर उर्लिएको आयोजकहरु बताउँछन् । आजकै दिन दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरुको उपस्थिति रहेतापनि दर्शकहरुले नायिका रेखा थापाकै प्रस्तुति हेर्न चाहेका थिए ।

जिल्लामा बाल बिबाह अन्त्य र महिला सशक्तीकरणका रेखाको प्रस्तुति केन्द्रीत भएपछि दर्शकको दृष्टिकोण नै बदलिएको थियो । त्यसपछि रेखाले भनिन्, “म अब ठूली भइसकें । हामी महिलाहरु सदैव श्रीमानको पछि लागेर ताली बजाउने होइन । आफू पनि सक्षम हुनु पर्छ ।” शोषित उत्पीडित नारीहरुको सशक्तीकरण र अधिकारमा केन्द्रित दर्जनौं चलचित्र दिइसकेकी नायिका थापाले बाल विबाह अन्त्यको अभियानलाई सार्थक बनाउने प्रतिवद्धता पनि व्यक्त गरेकी थिइन् । दर्शकहरुले अघिल्ला दिनमा आएका कलाकारहरुजस्तै आशा गरेतापनि नायिका थापाले भने गायनभन्दा अधिकांश समय सामाजिक रुपान्तरणका सवालमा बोलेर बिदा भएकी थिइन् ।

बाल बिबाह नगर्न प्यूठानका बालबालिकाहरुलाई हार्दिकतापूर्वक अपिल गर्दै नायिका थापाले आफ्ना फ्यानहरुको माग सम्बोधन गर्दै “फूलको थुङ्गा” बोलको आधुनिक गीत प्रस्तुत गरेकी थिइन् । मंगलवार सम्पन्न महोत्सव सांस्कृतिक कार्यक्रमको सञ्चालन पत्रकार प्यार अलि खाँन र कलाकार पीएन सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठ तस्करीमा संलग्न डिएसपी भण्डारी बर्खास्त
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
रविन्द्र अधिकारीलाई २४ बुँदामा पर्यटन व्यवसायीको यस्तो सुझाव
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
प्रधानमन्त्री ओली उपचारका लागि १ महिनासम्म सिंगापुर बस्न सक्ने
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
बाहुबली अभिनेताकी श्रीमतीले गरिन् आत्महत्या, यस्तो छ कारण
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?

तपाईंले छुटाउनुभयो कि?