नेपालमा आजदेखि मुलुकी ऐनको सट्टामा नयाँ कानुन शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
नेपालमा आजदेखि मुलुकी ऐनको सट्टामा नयाँ कानुन शुरु

सारांश

  • काठमाडौं ।
  • आजदेखि नेपालमा नयाँ कानुन शुरु हुँदैछ ।
  • एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन पुनःस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्।

काठमाडौं । आजदेखि नेपालमा नयाँ कानुन शुरु हुँदैछ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन पुनःस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित पाँचवटा कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता-२०७४, मुलुकी देवानी संहिता-२०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता-२०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता-२०७४ र मुलुकी देवानी कार्यविधि संहिता-२०७४ आजदेखि एकसाथ लागू हुँदै छन्।

२०२० सालदेखि चल्तीमा रहेको मुलुकी ऐन ५५ वर्षपछि प्रतिस्थापन हुन लागेको हो। ‘मुलुकी देवानी संहिता, अपराध संहिता’ र ‘कार्यविधि’ कार्यान्वयनमा आएसँगै मुलुकी ऐन प्रतिस्थापन हुनेछ। १९१० सालमा जंगबहादुर राणाले बनाएको मुलुकी ऐन २०२० सालमा सुधार गरी कार्यान्वयनमा ल्याइएको थियो। जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको मुलुकी ऐन परिवर्तन गरी नयाँ संहिता बनाइएको छ।

नयाँ कानुनमा पीडितलाई पीडकले क्षतिपूर्ति भराउनेसहितको व्यवस्था छ। साबिकमा व्यावहारिक कठिनाइ भइरहेका कानुनलाई समेत कानुन बनाएर समेटिएको छ। मुलुकी ऐनले समेट्न नसकेका व्यावहारिक विषयलाई परिभाषित गर्दै संहितामा उल्लेख गरिएको छ।

व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट २०७४ साल असोज ६ मा प्रमाणीकरण भएको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत् मस्यौदा बनाइएको थियो ।

साबिकको मुलुकी ऐनमा देवानी र फौजदारी विषय एकै ठाउँमा समावेश थियो। अहिले ती दुवै विषयलाई छुट्ट्याएर सजिलो हुनेगरी अलगअलग कार्यविधि कानुन बनाइएको छ। फौजदारी विषयलाई ‘फौजदारी संहिता’ र कार्यविधिमा, देवानी कानुनसँग सम्बन्धित विषयवस्तुलाई ‘देवानी संहिता’ र कार्यविधिमा समेटिएको छ।

फौजदारी संहिताले मुलुकी ऐनले अपराध मानेका कुरा समेट्दै अन्य कानुनले अपराध मानेका विषयलाई एकै ठाउँमा राखेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी
लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै
लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
काठमाडौँको फोहरका लागि वैकल्पिक स्थान खोज्न आवश्यक
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे रवि लामिछानेसँग प्रधानमन्त्रीको चासो
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ:सदरमुकाम जान छुट गाउ जान रोक
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी
सिन्धुपाल्चोकमा बस्नेतलाई हराउदै , माओवादी केन्द्रका अग्नि सापकोटा विजयी

तपाईंले छुटाउनुभयो कि?