सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २४, २०७५
|
|
६२ पटक हेरिएको
Shares
सांसद बस्नेतको प्रयासपछि अब जडिबुटीबाट सोझै बालकुमारी

सारांश

  • काठमाडौं, २४ पुस ।
  • कोटेश्वर–बनेपा–बर्दिवासको बाटो सञ्चालनमा आएसँगै कलंकीको भन्दा बढी ट्राफिक जाम हुँदै आएको कोटेश्वर चोकको जाम अब केही हदसम्म कम हुने भएको छ ।
  • प्रतिनिधिसभा सदस्य एवम् नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतको प्रयास सार्थक बनेपछि अब जडिबुटीबाट सोझै बालकुमारी पुग्न सकिने भएपछि कोटेश्वरको जाम कम हुने भएको हो ।

काठमाडौं, २४ पुस । कोटेश्वर–बनेपा–बर्दिवासको बाटो सञ्चालनमा आएसँगै कलंकीको भन्दा बढी ट्राफिक जाम हुँदै आएको कोटेश्वर चोकको जाम अब केही हदसम्म कम हुने भएको छ । प्रतिनिधिसभा सदस्य एवम् नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतको प्रयास सार्थक बनेपछि अब जडिबुटीबाट सोझै बालकुमारी पुग्न सकिने भएपछि कोटेश्वरको जाम कम हुने भएको हो ।

लामो समयदेखि कोटेश्वरको जाम हटाउन पहलकदमी गरिरहेका सांसद बस्नेतको प्रयासले सफलता पाएसँगै यहाँको जाम कम हुने भएको हो । सांसद बस्नेतले यसअघि पटकपटक कोटेश्वरको ट्राफिक जाम हटाउन आवाज उठाउँदै आएका थिए । सोही जाम हटाउनका लागि उनले जडिबुटी–बालकुमारी करिडोर निर्माण गर्न पनि पहल गरेका थिए । केही समयअघि सांसद बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई तत्काल करिडोर र बेलिब्रिज निर्माणका लागि आग्रह गरेका थिए ।

सांसद बस्नेतको लामो प्रयासपछि सरकारले पनि कोटेश्वर चोकमा हुने जामको समस्या घटाउन बैकल्पिक सडकको प्रयोग गर्ने तयारी गरेको हो । सडक विभागको पहलमा जडिबुटीबाट रिङरोडको बालकुमारीतर्फ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न दिन लागिएको हो ।

जडिबुटीबाट–बालकुमारी सडकलाई स्तरोन्नति गर्दै उक्त बाटोको बीचमा पर्ने मनोहरा खोलामा बेलिब्रिज हालेर जडिबुटीबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ लाग्ने सवारी साधनहरुलाई अब जडिबुटीबाट सिधैं बालकुमारीतर्फ पठाइने भएको छ । यदि यसो भएको खण्डमा कोटेश्वरको जाम धेरै न्यून हुने सडक विभागको दावी छ ।

मनोहरामा भएको पुलको क्षमता कमजोर भएकाले बेलिब्रिज जडान गर्न लागिएको विभागले जनाएको छ । अहिले काठमाडौं प्रवेश गर्न कोटेश्वर चोक प्रयोग गर्नुको अर्को विकल्प छैन । तर, बेलिब्रिज निर्माण भएसँगै भक्तपुरबाट आउने सवारीसाधनहरु सोझै बालकुमारीतर्फ आउन सक्नेछन् ।

सरकारले कोटेश्वरको जाम घटाउन सुरुङ मार्गको योजना पनि ल्याएको छ । सुरुङ मार्गका विषयमा पनि अध्ययन भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
वाग्मती सफाइले पनि बचाउन सकेन माछा
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल
विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
विद्यालय गएका शिक्षक घर फर्केनन्÷ बालिका वेपत्ता
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
चेल्सी साउथह्यामन्टनसँग गोलरहित बराबरीमा रोकियो
प्रधानमन्त्री देउवाका लागि १ रुपैयाँ चन्दा मागिंदै
प्रधानमन्त्री देउवाका लागि १ रुपैयाँ चन्दा मागिंदै
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
राष्ट्रपतिको निर्वाचनमा सुझबुझ तरिकाले निर्णय लिर्नुपर्छ : झलनाथ खनाल
एउटै जिल्लामा नेपाल विद्यार्थी संघका ३ जना अध्यक्ष, विद्यार्थी रनभुल्ल