नयाँ कानुनको स्वागतमा आज देशभरि दीपावली
सारांश
- काठमाडौँ ।
- आजदेखि शुरु भएको नयाँ कानुनको खुसीयालीमा महान्यायाधिवक्ता कार्यालयले देशभरका कार्यालयमा दीपावली गर्ने भएको छ ।
- मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको बताएको छ ।
काठमाडौँ । आजदेखि शुरु भएको नयाँ कानुनको खुसीयालीमा महान्यायाधिवक्ता कार्यालयले देशभरका कार्यालयमा दीपावली गर्ने भएको छ । मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको बताएको छ ।
महान्यायाधिवक्ता कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागेको उल्लेख छ ।
महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया