नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
१६ पटक हेरिएको
Shares
नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान !

सारांश

  • काठमाडौं: अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ।
  • बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ ।
  • त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ।

काठमाडौं: अन्‍नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ।

बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ।

गत असोज ६ गते कतारमा आयोजित नेपाल आइडल फिनालेमा बुद्ध लामा आइडल घोषित भएका भएपनि नेपाल आइडलका विजेताहरुको अति व्‍यस्तताका कारण शुक्रबार मात्र पुरस्कार वितरण गरिएको हो। नेपाल आइडल नेपालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता हो।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?