माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
माओवादी उम्मेदवारलाई आक्रमण गर्ने विप्लव कार्यकर्तालाई कांग्रेसको संरक्षणः प्रचण्ड

सारांश

  • २७ कात्तिक, चितवन ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको संरक्षणमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले माओवादी उम्मेदवारहरुलाई आक्रमण गरेको आरोप लगाएका छन् ।
  • आक्रमणकारीलाई प्रहरीले पक्रिँदा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एवम् रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ति निकालेकाले यसको पुष्टि हुने प्रचण्डको दावी छ ।

२७ कात्तिक, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको संरक्षणमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले माओवादी उम्मेदवारहरुलाई आक्रमण गरेको आरोप लगाएका छन् । आक्रमणकारीलाई प्रहरीले पक्रिँदा रिहा गर्न माग गर्दै सरकारकै राज्यमन्त्री एवम् रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले विज्ञप्ति निकालेकाले यसको पुष्टि हुने प्रचण्डको दावी छ ।

सोमबार बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘हतियारसहित गिरफ्तार भए, विप्लवसँग सम्वन्धित मान्छेहरु । अमरसिंह पुन अहिले मन्त्री हुनुहुन्छ त्यहीँको रोल्पाको । उहाँले वक्तव्य निकालेर छोड्देऊ तिनीहरुलाई भन्नुभयो भनेपछि प्रष्टै देखियो नि त । तालमेल भएछ लोकल कांग्रेसको ।’

रोल्पा कांग्रेसका सभापति अमरसिंह पुन हाल सिँचाइ राज्यमन्त्री छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट माओवादी नेता वर्षमान पुन ‘अनन्त’सँग चुनावी प्रतिस्पर्धामा छन् ।

रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन विष्फोट गराइएको थियो भने आइतबार ढुंगा थुपारेर बाटो अवरुद्ध गर्दै गोली प्रहार गरिएको थियो । सो कार्यमा संलग्न भएको भन्दै प्रहरीले विप्लव निकटका केही कार्यकर्ताहरुलाई सोही स्थानबाटै पक्रेको थियो । त्यसलगत्तै कांग्रेस रोल्पाका सभापति समेत रहेका सिँचाइ राज्यमन्त्री पुनले विज्ञप्ति निकालेर पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका थिए ।

वाम गठवन्धनका उम्मेदवारलाई आक्रमण गर्ने र चुनाव बिथोल्ने कांग्रेसको केन्द्रीय नीति नै भएको निष्कर्ष भने आफूहरुको नभएको माओवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।

उनले यस्ता गतिविधि रोक्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव समेत दिए । प्रचण्डले भने, ‘यो कांग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप मेरो होइन । तर एउटा मन्त्रीले यसो गरेको हुनाले मेरो प्रधानमन्त्रीसँग भनाइ के छ भने यसलाई कन्ट्रोल गर्नुस् । यसले कांग्रेसलाई झन् नराम्रो गर्छ ।’

रोल्पामा माओवादी नेता वर्षमान पुन ‘अनन्त’ र रुकुममा जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गरी आक्रमण भएको थियो । यसमा विप्लव निकट कार्यकर्ताहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
विश्व स्वास्थ्य संगठनले बतायो कोरोनाको सत्य, यी १४ कुरा पूरै झुटा हुन्, विश्वास नगर्नुस्
निर्वाचन अरुले जिते,हामीले विचार र एजेण्डा जित्यौँः प्रचण्ड
निर्वाचन अरुले जिते,हामीले विचार र एजेण्डा जित्यौँः प्रचण्ड
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
बढ्यो आगलागी : दमकललाई भ्याइनभ्याइ
भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष
भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
दलित जनप्रतिनिधिको गुनासो स् हामीमाथि नै विभेद भयो
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
मंगलबार जन्मिने मानिसको भविष्य र बानव्यहोरा कस्तो हुन्छ ?
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण
युक्रेनद्वारा रूसको बेलगोरोडमा रहेका ३० भन्दा बढी बस्तीमा आक्रमण

तपाईंले छुटाउनुभयो कि?