दोरम्बा पुगेका प्रचण्डलाई कालो झण्डा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२५ पटक हेरिएको
Shares
दोरम्बा पुगेका प्रचण्डलाई कालो झण्डा

सारांश

  • काठमाडौ,भदौ १ ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।
  • हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् ।

काठमाडौ,भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का नारावाजी गरेका हुन् । विप्लवका कार्यकर्ताले कार्यक्रम विथोल्न खोजेपछि केही समय कार्यक्रम केही ढिला गरेर शुरु भएको थियो ।

दोरम्बा घटनाको १६औं स्मृति दिवस मनाउने स्थानको विषयमा सत्तारुढ नेकपा र विप्लवका कार्यकर्ताबीच भनाभन भएको थियो । दुई समूहबीच भनाभन भए पनि स्मृति दिवस मनाउने ठाउँलाई सत्तारुढ नेकपाले कब्जामा लिएको थियो ।त्यसपछि रिसाएका विप्लवका कार्यकर्ताले प्रचण्डलाई कालो झण्डा देखाउनुका साथै नारावाजी गरेका थिए ।

प्रचण्डले जनयुद्धका शहीदका नाममा व्यापार गरेको भन्दै आफूहरूले विरोध गरेको विप्लव निकटको नेकपाका रामेछाप जिल्लाका जनपरिषद् प्रमुख विवेक लामाले जानकारी दिए ।

विप्लव निकटको नेकपाका कार्यकर्ताले शहीदको अपमान गर्न पाइँदैन, राजनीतिक दलाल प्रचण्ड — मुर्दावाद, एकीकृत जनक्रान्ति — जिन्दावाद, वैज्ञानिक समाजवाद — जिन्दावाद जस्ता नारा लगाउँदै प्रचण्डलाई कालो झण्डा देखाएको लामाले उल्लेख गरेका छन् ।सत्तारुढ नेकपाले दोरम्बामा रहेको स्मारक पार्क कब्जामा लिएपछि विप्लवको नेकपाले सहिद स्मारक पार्क नजिकै स्मृति दिवस कार्यक्रम मनाएको थियो ।

०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा नेपाली सेनाको कारबाहीमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बीमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समिर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?