बालुवाटारको जग्गा परिवारको मात्र बाँकी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी

सारांश

  • काठमाडौं १३ बैशाख ।
  • प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ ।
  • ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ ।

काठमाडौं १३ बैशाख । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ ।

अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँ र घनश्याम खड्काले लेखेका छन् ।

जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपैयाँका दरले मुआब्जा दिई कानुनबमोजिम अधिग्रहण गरको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?