नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !

सारांश

  • पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा आज (बिहीबार) भुटानको सामना गर्दै छ ।
  • नेपाललले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो ।
  • यही हारले नेपाल दबाबमा छ ।

पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा आज (बिहीबार) भुटानको सामना गर्दै छ । नेपाललले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो ।यही हारले नेपाल दबाबमा छ । भुटानले पनि आफ्नो पहिलो खेल आयोजक राष्ट्र बंगलादेशसँग २-० ले गुमाएको थियो । यस्तोमा दुवैका लागि भोलिको खेल महत्वपूर्ण रहने छ । यस खेलमा नेपालले आफू अनुकूल नतिजा निकाल्न सकेन भने लिग चरणबाटै बाहिरने सम्भावना रहन्छ ।

त्यसैले यो खेल नेपालको लागि गर या मरको स्थिति हो । भुटानको सामना गर्नुअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यो खेललाई लिएर आफू सकारात्मक रहेको बताएका छन् ।यस्तै, भुटानी प्रशिक्षक ट्रेभर मोर्गनले नेपाल विरुद्धको खेल सबै प्रकारले खुल्ला रहने बताएका छन् । उनका अनुसार दुवै टिमलाई जित आवश्यक रहेकोले यो खेलमा तीब्र प्रतिस्पर्धा हुने निश्चित छ । बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरू हुनेछ।

नेपाली फुटबल इतिहासमा भुटान नै एक मात्र यस्तो प्रतिद्वन्द्वी हो जसका विरुद्ध अहिलेसम्म हार व्यहोर्न परेको छैन । यस्तोमा नेपालले यही टिमको समना गर्दा निक्कै सझबुझ पूर्ण रुपमा प्रस्तुत हुनुपर्ने छ । पछिल्लो समय भुटानी फुटबलले निकै प्रगति गरेको छ । र, केही आश्चर्यजनक नतिजा निकालेको पनि छ । त्यसैले यसपल्ट नेपालले भुटानलाई कम आँक्न मिल्दैन । भुटानले पछिल्लो विश्वकप छनौटमा श्रीलंकालाई दुई लेगमा हराएको थियो ।

अहिलेसम्म साफ च्याम्पियनसिपमा नोपल र भुटानबीच २ खेल मात्रै भएका छन् । जसमा दुवै खेलमा नेपाल विजयी भएको छ । नेपालले सन् २००३ को साफ च्याम्पियनसिपमा भुटानलाई बंगबन्धु रंगशालमा नै भएको खेलमा २-० ले हराएको थियो भने सन् २००५ मा कराँचीमा भएको खेलमा नेपालले भुटानलाई ३-१ ले हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?