वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
वाणिज्य बैंकहरुले ब्याजदर घटाउदै

सारांश

  • काठमाडौ, ६ पुस ।
  • वाणिज्य बैंकहरुले बढाएको ब्याजदर आजदेखि घट्ने भएको छ ।
  • नेपाल राष्ट्र बैंकको कडा चेतावनी पस्चात वाणिज्य बैंकहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।

काठमाडौ, ६ पुस । वाणिज्य बैंकहरुले बढाएको ब्याजदर आजदेखि घट्ने भएको छ । नेपाल राष्ट्र बैंकको कडा चेतावनी पस्चात वाणिज्य बैंकहरु ब्याजदर घटाउन सहमत भएका हुन् ।

हिजो बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले यस अघि बचत तथा निक्षेपको ब्याजदरको अधिकतम सीमा तोकेको थियो ।

निक्षेपमा ११ प्रतिशभन्दा बढी ब्याज दिन नपाइने गरी संघले सीमा लगाए पनि पछिल्लो समय तरलता समस्या बढेको भन्दै त्यो सीमा फुकुवा गरिएको थियो । संघले लगाएको सीमा फुकुवा भएसँगै बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेका थिए । अब पुनः फेरि संघले सीमा लगाउने भएको छ ।

डेपुटी गभर्नर शिबराज श्रेष्ठका अनुसार राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९ दशमलब २५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८ दशमलब ५, बचतमा ६ दशमलब ५ र कल डिपोजिट ४ दशमलब ५ प्रतिशत ब्याज दिन निर्देशन दिएको छ । कुमारी, नविल, सेञ्चुरी, हिमालयन लगायतका बैंकले मुद्धति निक्षेपको ब्याज यतिबेला १३ प्रतिशत र्पुयाइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?