ठगी प्रकरणमा ढाँट्यो ग्राण्डीले, एटीसी पोखरा भन्छ, हेलिकोप्टर आएन
सारांश
- यातायात व्यवस्थापक आशीषविरुद्ध प्रहरीमा उजुरी उदय जीएम काठमाडौं, १ भदौ ।
- दाङकी विरामी रुद्रा पुनलाई रेस्क्यू गर्ने बहानामा ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भएको ठगी प्रकरणबारे हस्पिटलले नै विज्ञप्ति जारी गरी उक्त कार्यमा हस्पिटलको कुनै संलग्नता नभएको भनेर पन्छिएको छ ।
- अस्पतालका मेडिकल डाइरेक्टर डा.
यातायात व्यवस्थापक आशीषविरुद्ध प्रहरीमा उजुरी
उदय जीएम
काठमाडौं, १ भदौ । दाङकी विरामी रुद्रा पुनलाई रेस्क्यू गर्ने बहानामा ग्राण्डी इन्टरनेशनल हस्पिटलमा भएको ठगी प्रकरणबारे हस्पिटलले नै विज्ञप्ति जारी गरी उक्त कार्यमा हस्पिटलको कुनै संलग्नता नभएको भनेर पन्छिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जारी गरेको विज्ञप्तिमा बरु अस्पतालको कोही व्यक्ति ठगीमा संलग्न भएको रहेछन् भने र अस्पतालको ज्ञानभन्दा बाहिरको कुरा भए स्वतन्त्र छानविन कमिटीले छानविन गर्ने भनेर उम्किएको छ ।
मेडिकल डाइरेक्टर पाण्डेले जारी गरेको विज्ञप्तिमा विरामीबाट ५ पैसा नलिएको र बिरामीलाई रेस्क्यु गर्ने टिम पठाएको उल्लेख छ । विज्ञप्तिमा मौसमको खराबीका कारण बिरामीलाई रेस्क्यु गर्न नसकेको र हेलिकप्टर पोखरा बिमानस्थलमा अवतरण गरी बस्नुपरेको उल्लेख गरिएको छ । त्यस बेलाको होटल तथा खानाको खर्च समेत अस्पताल आफैंले ब्यहोरेको विज्ञप्तिमा बताइएको छ । “अस्पतालको कोही व्यक्ति ठगीमा संलग्न रहेछन् भने” भनेर ग्राण्डीले आफू सुरक्षित अवतरण हुन खोजे तापनि यहींनेरै फसेको छ । किनकि साउन १३ गते एयर डाइनेष्टिकको हेलिकोप्टर पोखरामा अवतरण नभएको एयर ट्राफिक कन्ट्रोलर पोखराले जनाइसकेको छ ।
यसैबीच रुद्रा पुनकी आफन्त विकास पुनले ग्राण्डी इन्टरनेशनल हस्पिटलका यातायात व्यवस्थापक आशीष आनन्दविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । शुक्रवार महानगरीय प्रहरी पसिर काठमाडौंमा उजुरी दिएको विकासले बताए । “१ लाख ८० हजार ठगी गरेको” भनेर उजुरी दिएको उनले बताए । प्रहरीले तत्काल आशीष आनन्दलाई टेलिफोन गरी आइतवार महानगरीय प्रहरी परिसरमा बोलाएको बताइएको छ । उजुरी दर्ता नं. १९९ रहेको छ ।
दाङको घोराही नगरपालिका मिलनचोक निवासी रुद्रा पुनलाई एक्कासी हृदयाघात भएपछि उनका आफन्तहरुले ग्राण्डी हस्पिटलमा सम्पर्क गरेका थिए । ग्राण्डीका यातायात व्यवस्थापक आशीष आनन्दले “सुरेन्द्र बुढाथोकी”को नाममा ४ लाख ५० हजार अग्रिम पठाउन भनेका थिए । हेलिकोप्टर दाङ नपुगेपछि रुद्रालाई साउन १३ गते दाङबाट एम्बुलेन्सबाट हिडाएर साउन १४ गते बिहान काठमाडौं ल्याइपुराएर नर्भिक हस्पिटलमा भर्ना गरेका थिए । यता, ग्राण्डीका आशीष आनन्दसँग उक्त रकम फिर्ता माग्दा १ लाख ८० हजार कटाएर दिएका थिए । त्यसपछि शिखरन्युज लगायतका सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।
Buddhipd Rai
ठूला बडा र धनीहरुबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय हस्पितलले नै आम निर्दोष गरीब नेपाली जनतालाई यसरी हाका हाकी र देखा देखी प्रत्यक्ष ठगी गरी रहेकाछन् भने अरु Medical Mafia and Medicine Mafia ले गरीब नेपाली जनता कसैलाई पनि बाँकी राखेकै छैन।