प्लास्टिकको चामल नभएको पुष्टि …

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्लास्टिकको चामल नभएको पुष्टि …

सारांश

  • असार ३०, २०७४- काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ ।
  • काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो ।

असार ३०, २०७४- काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो ।

परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लाष्टिक नभेटिएको पुष्टि भएपछि गोदाममा गरिएको सील खोलिदिने बताए ।
इकान्तिपुर बाट साभार  ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँको आकाशमा एक्कासी देखियो तुवाँलो, हवाई उडानसमेत प्रभावित
काठमाडौँको आकाशमा एक्कासी देखियो तुवाँलो, हवाई उडानसमेत प्रभावित
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
टाइटनिकको सुटिङमा जहाजको भन्दा बढी लागत
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
ओलीलाई माधव नेपालको ‘थ्रेट’, सच्चिन आग्रह
बजारमा सुधार : छ अङ्कको वृद्धि
बजारमा सुधार : छ अङ्कको वृद्धि
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
गोदावरीमा सिसि क्यामेरा जडान गरिने
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
भगवानसँग प्रार्थना गर्छु, एमाले माओवादी छिटो मिलुन् : प्रदीप पौडेल
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
सांसदले भने, ‘मेरी श्रीमती कैले विश्वकर्मा त कैले जनजाति भनेर सांसद हुन पाउने कि नपाउने ?’
खोलाले बगाउँदा एकको मृत्यु
खोलाले बगाउँदा एकको मृत्यु
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी
पाँचथरबाट एमालेको एक सिट थपियो : आङदेम्बेलाई साढे १० हजार मतले हराउँदै नेम्बाङ्ग विजयी

तपाईंले छुटाउनुभयो कि?