निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो

सारांश

  • रमेश तिमलसिना रौतहट ।
  •  स्थानीय तहको तेस्रो चरण अन्तर्गतको २ असोजमा हुने निर्वाचनको प्रचारप्रसारमा अवैध भारतीय नम्बर प्लेटका गाडीको प्रयोग बढेको छ ।
  • सदरमुकाम गौर नगरपालिका लगायतका सिमा क्षेत्रका नगरपालिका तथा गाउँपालिकाका संभाबित उमेदवाहरु र कार्यकर्ताहरुले चुनाव प्रचार अभियानमा भारतीय गाडीको प्रयोग गरेका हुन् ।
  • रमेश तिमलसिना

रौतहट । स्थानीय तहको तेस्रो चरण अन्तर्गतको २ असोजमा हुने निर्वाचनको प्रचारप्रसारमा अवैध भारतीय नम्बर प्लेटका गाडीको प्रयोग बढेको छ । सदरमुकाम गौर नगरपालिका लगायतका सिमा क्षेत्रका नगरपालिका तथा गाउँपालिकाका संभाबित उमेदवाहरु र कार्यकर्ताहरुले चुनाव प्रचार अभियानमा भारतीय गाडीको प्रयोग गरेका हुन् ।

भारतीय नागरिक कै नाममा रहेका त्यस्ता भारतीय गाडीहरु निर्वाध रुपमा सञ्चालनमा आइरहेका छन् । यस्ता अवैध रुपमा अवैध सवारी खुलमखुला रोडमा गुडिरहँदा पनि यसको नियमन गर्ने निकाय भने मौन छ । भारतीय सीमासँग जोडिएका जिल्लाका कतिपय उम्मेदवारका आफन्त भारतका बिभिन्न गाउहरुमा बस्छन् । त्यही भएर उनीहरूका नाममा दर्ता रहेका गाडीको प्रयोग बढेको हो ।

त्यस्ता सवारी साधनमा पार्टीको चुनाव चिह्न र झन्डासमेत राखेर गाडी गुडाउने गरिएको छ । नियमन गर्ने निकाय राजस्व अनुसन्धान इकाई कार्यालय, प्रहरी, भन्सार र स्थानीय प्रशासन हुन् । यी निकायले देखेर पनि नदेखेझैं गरेर बसेको गौरका पत्रकार शैलेन्द्र झाले बताए ।

बिना अबरोध निर्बाध रुपमा गाडी प्रयोगमा आएका छन् । नेपाली सवारी साधनको तुलनामा भारतिय सवारी साधन सस्तो भाडामा पाइन्छ । आर्थिक ऐन, ०६५ मा एउटै चेचिस नम्बर र नम्बर प्लेटका गाडी एक वर्षमा पटक–पटक वा एकमुष्ट गरी जम्मा २९ दिन मात्र अस्थायी पैठारी गराई चलाउन पाउने प्रावधान छ ।

सिमा क्षेत्रको गौर नगरपालिका,राजदेबी नगरपालिका,बौद्धिमाइ नगरपालिका,यमुना माइ गाउपालिका,दुर्गाभगबती गाउपालिकाका अधिकांश उमेदवारका आंकक्षी तथा कार्यकताहरु अबैध सवारी साधन प्रयोग गदै आएका छन ।

यता जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापालले कसैले पनि अबैध रुपमा सवारी साधन चलाउन नपाइने र चलाएको भेटिएमा कारबाही हुने बताएका छन । नियम भन्दा बाहिर सवारी साधन चलाउने अधिकार कसैलाइ नभएको हुदा अनुगमन गरी त्यस्तो सवारी साधनलाइ कार्वाही प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रवार विश्वासको मत लिनुहुने
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत
नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
नेताहरूबीचको एकता नै आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
निरन्तर विभाजनले खुम्चियो राप्रपा
निरन्तर विभाजनले खुम्चियो राप्रपा
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
उद्योगका लागि ११ अरव ७४ करोड बजेट विनियोजन
सडक नहुँदा पर्यटकलाई सास्ती
सडक नहुँदा पर्यटकलाई सास्ती