१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
सारांश
- इटहरी ।
- इटहरीमा एक वडासचिव घुस सहित पक्राउ परेका छन् ।
- इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
इटहरी । इटहरीमा एक वडासचिव घुस सहित पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१० का वडा सचिव विदुर रेग्मी सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
होटल सञ्चालन सम्बन्धी दर्ता स्वीकृतिको प्रमाणपत्र उपलब्ध गराउने भन्दै सेवाग्राहीबाट १३ हजार रुपियाँ घुस लिएको अभियोग प्रमाणसहित शुक्रबार साँझ एक मःम हाउसबाट उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
नियन्त्रणमा लिन खोज्दा सचिव रेग्मीले सादा पोशाकमा रहेका प्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वको टोलीसँग मलाई गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध जनाएका थिए ।
उनलाई थप अनुसन्धानका लागि इटहरीस्थित आयोगको कार्यालयमा लगिएको जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया