पप्पु कन्स्ट्रक्सनले समयमा पुल नसक्दा ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पप्पु कन्स्ट्रक्सनले समयमा पुल नसक्दा ज्यान गयो

सारांश

  • रौतहट – लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्।
  • पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण सक्ने भनी ठेक्का लिएको पुलको काम समयमा नसक्दा नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ।
  • ‘समयमा बनाएको भए पुलबाटै आवतजावत गथ्र्यौं, दुर्घटना हुँदैनथ्यो’, गौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भुवनेश्वरप्रसाद चन्द्रवंशीले भने ।

रौतहट – लालबकैया नदीमा निर्माणाधीन पुलको काम तोकिएको समयमा नसकिँदा शनिबारको डुंगा दुर्घटना भएको आरोप पीडितले लगाएका छन्। पप्पु कन्स्ट्रक्सनले तीन वर्षभित्र निर्माण सक्ने भनी ठेक्का लिएको पुलको काम समयमा नसक्दा नदी तर्न डुंगाको भर पर्नुपर्ने बाध्यता छ।

‘समयमा बनाएको भए पुलबाटै आवतजावत गथ्र्यौं, दुर्घटना हुँदैनथ्यो’, गौर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भुवनेश्वरप्रसाद चन्द्रवंशीले भने । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ कात्तिक २९ गते सदरमुकाम रौटहट सदरमुकाम गौरलाई औरैयासँग जोड्न लालबकैया नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । निर्धारित समयमा पुल निर्माण पूरा नहुँदा पटकपटक उक्त स्थानमा डुंगा डुबेर स्थानीयले ज्यान गुमाउनुपरेको छ।

वडाध्यक्ष चन्द्रवंशीले समयमा पुल नबनाउने ठेकेदारलाई राज्यले कारबाही गर्नुपर्ने बताए । २ सय २५ मिटर लम्बाइ भएको उक्त पुल २०७४ असार मसान्तभित्र निर्माण सक्ने भनेर पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेको थियो।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?