‘साला कोहो महेन्द्र भनेको? यो महेन्द्र राजमार्ग होइन मैले बनाएको हो ।’
सारांश
- काठमाडौँ, २ भदौ ।
- बेवारीसे लडिरहेको छ आप्पाको लास, म गहिरहेछु मेरो आप्पालाई भेट्न ।
- यो अमलेखगञ्ज, यो निजगढ, यो चन्द्रनिगाहपुर, यो महेन्द्र राजमार्ग, पूर्वपश्चिम राजमार्ग तर किन भन्न पाउँदिन रामबहादुर मार्ग ।
काठमाडौँ, २ भदौ । बेवारीसे लडिरहेको छ आप्पाको लास, म गहिरहेछु मेरो आप्पालाई भेट्न । यो अमलेखगञ्ज, यो निजगढ, यो चन्द्रनिगाहपुर, यो महेन्द्र राजमार्ग, पूर्वपश्चिम राजमार्ग तर किन भन्न पाउँदिन रामबहादुर मार्ग । तरर तालि बज्छ, र दर्शक द्वारा फेरी वाचनको माग हुन्छ । कवि राजु स्याङ्तान एकपटक पुनः आफ्नो कविता ‘रामबहादुर मार्ग’को वाचन सुरु गर्छन् ।
शुक्रबार सर्वनाम थिएटरमा सम्पन्न कार्यक्रम हामी ‘कवि र कविता’मा निकै मन पराइएको कविता थियो कवि राजु स्याङ्तानको ‘रामबहादुर मार्ग’ । दर्शकको अनुरोधमा दुई पटक वाचन गरिएको उक्त कवितालाई कविले आफ्ना बुवा राम बहादुर र महेन्द्र राजमार्ग बनाउन सहयोग गरेका कामदारहरु प्रति समर्पित गरेका थिए । कविताको मुल आशय भनेको पूर्व पश्चिम राजमार्ग मात्र नभएर सबै राजमार्ग र भौतिक संरचना बन्दा त्यसको नाम पनि शाशकहरुको नै राखिने र त्यसले गर्दा कामदारको योगदान छायाँ परिरहेको कुरा बताउनु हो । उनले उक्त कार्यक्रममा आमा तिमी मात, पाल्म्हो, बाघले लोरी गाउँदैन जस्ता मार्मिक कविता वाचन गरेका थिए ।
कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरले हरेक महिना आयोजना गर्ने कार्यक्रम हामी कवि र कविता मा हरेक पटक दुईजना कविले आफ्ना प्रतिनिधि कविता वाचन गर्ने गर्छन् । यस पटकको कार्यक्रममा कवि राजु स्याङ्तान र देवान किराँतीले आफ्नो प्रस्तुति दिएका थिए ।
प्रतिक्रिया