एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने

सारांश

  • काठमाडाै, ३२ असार ।
  • ओली सरकारको बजेटअनुसार साउन १ देखि इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले इन्टरनेट महसुल १३ प्रतिशत वृद्धि गर्दैछन्।
  • सरकारले इन्टरनेटमा सरकारले दूरसञ्चार सेवा शुल्क करबापत १३ प्रतिशत थपेको हो।

काठमाडाै, ३२ असार । ओली सरकारको बजेटअनुसार साउन १ देखि इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले इन्टरनेट महसुल १३ प्रतिशत वृद्धि गर्दैछन्। सरकारले इन्टरनेटमा सरकारले दूरसञ्चार सेवा शुल्क करबापत १३ प्रतिशत थपेको हो। यसअघिसम्म इन्टरनेट सेवामा यस्तो कर थिएन।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको महसुल बढाउने निर्णय गरिसकेका छन्। ‘सरकारको निर्णयअनुसार २०७५ साउन १ गतेदेखि दूरसञ्चार सेवा इन्टरनेट महसुलमा थप १३ प्रतिशत सेवा शुल्क लाग्ने व्यहोरा जानकारी गराउँदछौं’, इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) सोमबार एक अपिल जारी गर्दै भनेको छ।

निजी आइएसपीहरुले इन्टरनेट महसुल बढाउने निर्णय गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले एडिएसएल इन्टरनेट महसुल वृद्धि नहुने जनाएको छ। टेलिकमको ल्यान्डलाइन टेलिफोनका ग्राहकलाई एडिएसएल ब्रोडब्यान्ड र एडिएसएल भोल्युमबेस्ड इन्टरनेट सेवा बिक्री गर्दै आएको छ। ‘विकलेन्ड प्याक, नाइटक टाइम अनलिमिटेड डाटा प्याक, एक जीबी थ्रीजी÷फोरजी पर डे प्याकमा पनि महसुल बढ्ने छैन’, टेलिकमले भनेको छ। सरकारकाे नीतिका कारण साउन १ देखि फोन कल, डाटा र इन्टरनेट शुल्क बढ्दैछ।

एनसेलले यसअघि नै साउन १ देखि फोनकल र डाटामा १३ प्रतिशत वृद्धि हुने जनाइको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?