चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने

सारांश

  • काठमाडौँ, १२ पुस ।
  • नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।
  • लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

काठमाडौँ, १२ पुस । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीकातर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गरेको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।

लगानी बोर्डले उक्त कम्पनी स्थापना गर्नका लागि रु १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो । उक्त कारखानाबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

उक्त कम्पनीले नेपाल सरकारलाई रु ६० करोड भुक्तानी गरी खानी प्राप्त गरेको हो । सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?