एक हजारको नोट त देखेको छैन सरकार, बर्षको १९ हजार कर कहाँबाट ल्याएर तिर्नु ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
१६ पटक हेरिएको
Shares
एक हजारको नोट त देखेको छैन सरकार, बर्षको १९ हजार कर कहाँबाट ल्याएर तिर्नु ?

सारांश

  • जाजरकोट, २ भदाै ।
  • जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए ।
  • सेवा दैलामै आउला भन्ने आशा गरेका थिए ।

जाजरकोट, २ भदाै । जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् । भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्‍यो ।

एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’ भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’

सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनतामाथि अन्याय हो । आम्दानीअनुसार पो कर हुनुपर्‍यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।
भेरी–४ का ललितजंग शाहले यसअघि सात रुपैयाँ तिरो तिर्थे । अहिले एक हजार तिरे । सोही वडाकी योगमाया कार्कीले पाँच रुपैयाँ तिर्थिन् । यसपटक ६ सय ५० तिर्नुपर्‍यो । ‘स्थानीय सरकारसँगै सिंहदरबारको अधिकार गाँउमै आउला र सेवासुविधा बढ्ला भन्ने सोचेका थियौं,’ लतिलजंगले भने, ‘तर एक वर्षको अनुभवले त्यो गलत सावित गरिदियो । सुविधा बढेको छैन, कर मात्रै बढाइएको छ ।’ उनले संघीयता जनताका लागि नभएर नेताका लागि मात्रै भएको गुनासो पनि सुनाए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shyam Budhathoki

    करले गरदा गरि परिबामा तरास फइलो

    Comment Author

    Bhupendra Baskota

    याे मिडियाकाे हावा दारि लेख हाे भरमा नपरून नेपाली जनता

    Comment Author

    Mohan Pm

    Paisha pugena chor harulai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?