निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
५३ पटक हेरिएको
Shares
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको परिणाम, सरकार गठनको बाटो खुला

सारांश

  • काठमाडौं, २ फागुन ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।
  • यो नतिजा बुझाएसँगै नयाँ जनादेश लिएर आएको पार्टीले सरकार गठन गर्ने बाटो पनि खुला भएको छ ।

काठमाडौं, २ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ । यो नतिजा बुझाएसँगै नयाँ जनादेश लिएर आएको पार्टीले सरकार गठन गर्ने बाटो पनि खुला भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज साँझ प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीको टोलीले राष्ट्रपति भण्डारीसमक्ष प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० विजयी उम्मेदवारको नामसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेकोमा आयोगका पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुका साथै बधाई दिएकी थिइन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पनि सफलताका साथ सम्पन्न गराउने जिम्मेवारीलाई पूरा गर्न राष्ट्रपतिबाट निर्देशन भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । सो अवसरमा आयोगले आफ्नो तर्फबाट संविधान र कानूनले दिएको निर्वाचनको जिम्मेवारीलाई स्वतन्त्र, स्वच्छ, निश्पक्ष ढंगबाट गराउन कुनै कसर बाँकी नराखेको जानकारी गराएको थियो ।

त्यस अवसरमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा अयोगका सचिव बेगेन्द्र शर्मा पौड्यालसमेत सो अवसरमा उपस्थित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
समानुपातिक सांसदबारे कुनै निर्णय नगरिएको प्रचण्डको दावी
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम
ओली–प्रचण्ड सम्बन्ध चिसिएकै हो त ?
ओली–प्रचण्ड सम्बन्ध चिसिएकै हो त ?
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
सल्यानमा पहिलो परीक्षण : ‘डीटीएस’बाट जमिनमुनिको पानी तानियो
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
भिडियो एडिटिङ सिक्ने हो ? भिडियो एडिटिङ सम्बन्धी जानकारी अब शिखरन्यूजमा
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
माअोवादीको चुनाबि र्यालि भाड्न बम विस्फोट ,३ घाईते !
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए