सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे सङ्ख्यामा सहमति हुन सकेन

सारांश

  • काठमाडौं।
  • पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा आज पनि गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि आज कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनाए ।

सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उनको भनाई छ । यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।

सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा पाँचै दलका शीर्ष नेताको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…
प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
विजय उत्सव मनाउदै झापामा अाेली चितवनमा प्रचण्ड
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
सभामुखको भूमिका तटस्थ नभए संसदमा मुठभेड हुने गगन थापाको चेतावनी
घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेपछि
घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेपछि
राेचक : युवती अचानक भइन् बिमारी, पेटमा रहेछन् तीन बच्चा
राेचक : युवती अचानक भइन् बिमारी, पेटमा रहेछन् तीन बच्चा
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

तपाईंले छुटाउनुभयो कि?