संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव अन्नानको ८० वर्षको उमेरमा निधन
सारांश
- काठमाडौं, २ भदौ ।
- संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा शनिवार निधन भएको छ ।
- पूर्वमहासचिव अन्नान नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् ।
काठमाडौं, २ भदौ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा शनिवार निधन भएको छ । पूर्वमहासचिव अन्नान नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् ।
स्व. अन्नान केही समयदेखि सामान्य बिरामी भएका थिए । सामान्य बिरामीकै क्रममा उनको शनिबार निधन भएको हो । कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामीपछि शनिबार अन्नान शान्तपूर्वक महाप्रस्थान गरेको जनाएको छ ।
स्व. अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व सम्हाल्ने पहिलो अफ्रिकन नागरिक हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए । सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । अन्नान घानाका हुन् । तर उनको निधन स्विट्जरल्याण्डको जेनेभामा भएको छ, जहाँ उनी वर्षौंदेखि बस्दै आइरहेका थिए । विश्वमा शान्ति स्थापनार्थ भूमिका खेलेको भन्दै अन्नानलाई सन् २००१ को नोवेल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया