लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १, २०७९
|
|
२५ पटक हेरिएको
Shares
लोक सेवा आयोगलाई नयाँ चुनौतीसँग सामना गर्नेगरी सुधार गर्नु आवश्यक छ : राष्ट्रपति

सारांश

  • काठमाडाैं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन्।
  • आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन्।

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन्।

आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन्। उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताइन्।

ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताइन्।

उनले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्यपालन गर्न सक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गरिन्।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताइन्।

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ। यसका साथै लोक सेवा आयोगले सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत प्रदान गर्दै आएको छ।

राष्ट्रपति भण्डारीले मुलुकको आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समान अवसर, समावेशिता तथा गोपनीयता लगायतका मुख्य सिद्धान्तमा आधारित भई कार्यसम्पादन गर्दै आएको र त्यसले नागरिकस्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताइन्।

समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिए। उनले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तरपुस्तिका तथा सङ्गठित संस्थातर्फका नवाैं वा सोभन्दा माथिका पदका परीक्षाका उत्तरपुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
राप्रपा महामन्त्री राणाले ओलीलाई भेटे, चुनावी तालमेलको प्रस्ताव
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य
नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी
आङटावा शेर्पाविरुद्ध ५ जनाको किटानी जाहेरी
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
भौतिक पूर्वाधार र यातायात क्षेत्रमा विचौलिया राज अन्त्य गरेका छौँ : मन्त्री ज्वाला (अन्तर्वार्ता)
सधैँ जित्नुपर्छ जस्तो कहिले लागेन,अब हार्दैछु: उपेन्द्र देवकोटा
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
रविन्द्र मिश्र आक्रोशित, उनले धिक्कारे, “कम्युनिष्टको नाममा कलंक हौ”
58 metric tonnes of garbage collected  from rivers in Kathmandu
58 metric tonnes of garbage collected from rivers in Kathmandu

तपाईंले छुटाउनुभयो कि?