कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कर्मचारी र बजेट माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही

सारांश

  • भक्तपुर, ८ चैत ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् ।
  • आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।

भक्तपुर, ८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् ।

आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, “बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको छ ।”

मुख्यमन्त्री शाहीले भने, “प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय हो, यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव छ । सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो ।”

गरिबीले पिल्सिएको प्रदेश भए पनि अवसर र सम्भावना धेरै बोकेको कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने, आगामी वर्ष पर्यटन वर्ष घोषणा गर्दै प्रदेशको विकासमा गुरुयोजनासहित अगाडि बढेर विकासमा नमूना प्रदेश बनाउने लक्ष्य रहेको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?