सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सामाजिक परिचालकहरुले प्रदेश नं २को मुख्यमन्त्रीको कार्यालय घेराउ

सारांश

  • जनकपुर ४ भदौ ।
  •  असारदेखि कामबाट निकालिएका सामाजिक परिचालकहरुले आफुहरु लाई सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई तत्काललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने सहितको दुईबुँदे माग राख्दै सामाजिक परिचालकहरु आन्दोलनमा उत्रेका छन् ।
  •    उनीहरुले  आज दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् ।

जनकपुर ४ भदौ । असारदेखि कामबाट निकालिएका सामाजिक परिचालकहरुले आफुहरु लाई सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई तत्काललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा उमेर हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने सहितको दुईबुँदे माग राख्दै सामाजिक परिचालकहरु आन्दोलनमा उत्रेका छन् ।   उनीहरुले  आज दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले जनकपुरको पिडारीचोकबाट जुलुस प्रदर्शन गर्दै प्रदेश नं २ सरकारको कार्यालयअगाडि मूलगेटमै पुगेर दुई घण्टा घेराउ गरेका थिए ।  असारमा कामबाट निकालिएका प्रदेश २ का ८५४ सामाजिक परिचालक पुनःबहालीको माग गर्दै साउन २७ गतेदेखि आन्दोनल गर्नुपरेको  बताए ।

संघले जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरी पाँच दिनभित्र माग सम्बोधन नभए कडा संघर्षमा ओर्लने संघका अध्यक्ष शिवशंकर मेहताले बताए । आफूहरु कडा परिश्रमका साथ नौ वर्षसम्म जनताको सेवा गरे पनि स्थानीय सरकार आएपछि बेरोजगार हुनु परेको जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मा सामाजिक परिचालकको रुपमा काम गरेकी रेणु दासले दुःखेसो पोखिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
‘को-हजबेन्ड’ ले जित्यो क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
(युवा संघ)त्रिवेणी गाउँपालिका (का संयोजक बिनाेद थापामाथि सांघातिक अाक्रमण,
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए
इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
बेलायतका राज्यमन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
७०० बालबालिका अझै हिरासतमा
७०० बालबालिका अझै हिरासतमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
कात्तिक १५ गते शुक्रबारको राशिफल यस्तो छ
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन:मन्त्री मोदी

तपाईंले छुटाउनुभयो कि?