मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
मेरुदण्ड पक्षघात समूहलाई साढे २ लाख सहयोग

सारांश

  • काठमाडौं ।
  • गोकर्णेश्वर माकलबारीमा रहेको मेरुदण्ड पक्षघात समूह नेपाललाई नेपाल पूर्व प्रहरी परिवार मञ्च बेलायतबाट प्राप्त २ लाख ५० हजार रुपैयाँ एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
  • मेरुण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति, सिकाइ र आवास सञ्चालनको लागि आर्थिक सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल र सोही मञ्चका सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले संयुक्तरुपमा समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गरेका छन् ।

काठमाडौं । गोकर्णेश्वर माकलबारीमा रहेको मेरुदण्ड पक्षघात समूह नेपाललाई नेपाल पूर्व प्रहरी परिवार मञ्च बेलायतबाट प्राप्त २ लाख ५० हजार रुपैयाँ एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।

मेरुण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति, सिकाइ र आवास सञ्चालनको लागि आर्थिक सहयोग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल र सोही मञ्चका सल्लाहकार पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले संयुक्तरुपमा समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरुको स्वावलम्बन जीवन पद्घति सिकाइ एवं आवास सञ्चालनलाई यस आर्थिक सहयोगले थप हौसला प्रदान गर्ने बताउँदै यस्ता सहयोग एवं अन्य सामाजिक गतिविधिमा सदैव क्रियाशील रहेको नेपाल पूर्व प्रहरी मञ्चका सम्पूर्ण सदस्यको योगदानको प्रशंसा गरे ।

प्रहरी महानिरीक्षक खनालले विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरुले पनि आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए ।

कर्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले वौद्धिक, शारीरिक र मेरुदण्ड पक्षघातबाट भएका अशक्त एवं बिरामीलाई नगरपालिकाको तर्फबाट समेत सहयोग हुँदै आएको बताइन । उनले सामुदायिक एवं सामाजिक गतिविधि तथा भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइन । मेरुदण्ड पक्षघात भएका विद्यार्थीहरु रहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?