सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सरकारले गठन ग-यो एक उच्चस्तरीय वार्ता टोली

सारांश

  • काठमाडौँ ।
  • देशमा द्वन्द्वको अन्त्य गर्न सरकारले प्रक्रिया थालेको छ ।
  • शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमणकालमा विविध कारण वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

काठमाडौँ । देशमा द्वन्द्वको अन्त्य गर्न सरकारले प्रक्रिया थालेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमणकालमा विविध कारण वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

अन्तरिम संविधानबमोजिम गठित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट छुटफुट भएका विषयलाई निरन्तरता दिने बताइएको छ । सरकारले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा विगतका सहमति–सम्झौता कार्यान्वयनका निम्ति सुझावसहितको प्रतिवेदन पेश गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

वार्ता टोलीका सदस्यमा सुरेश आले मगर तनहुँ, तारानाथ चौधरी सप्तरी, लीला भण्डारी कैलाली र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट दुई अर्ब रुपियाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

‘रिजनल कोअपरेटिभ एग्रिमेण्ट फर रिसर्च एण्ड डेभलपमेन्ट एण्ड ट्रेनिङ रिलेटेड टू न्युक्लियर साइन्स एण्ड टेक्नोलोजी’ स्वीकृतिका लागि सङ्घीय संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायको दरबन्दी स्वीकृत गरेको बताउनुभयो ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?