कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ : डा. खनाल
सारांश
- काठमाडौं, १६ माघ ।
- अर्थविद् डा.
- डिल्लीराज खनालले पनि अवैध धनलाई बैद्य गर्ने कुरालाई समान्तर अर्थतन्त्रको संज्ञा दिँदै कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने स्पष्ट पारे ।
काठमाडौं, १६ माघ । अर्थविद् डा. डिल्लीराज खनालले पनि अवैध धनलाई बैद्य गर्ने कुरालाई समान्तर अर्थतन्त्रको संज्ञा दिँदै कालो धनलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने स्पष्ट पारे । उनले भने,‘कर छलेर आर्जन गरेको अवैध धनलाई वैद्य बनाउने काम गर्नुहुँदैन, यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्छ।’
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले गरेका कतिपय निर्णयहरुले लोकतन्त्रको विधि र प्रक्रियालाई समेत लात हानेको गुनासो पोखे । उनले भने,‘प्रक्रियागत रुपमा पनि यो गलत छ, ६५ वर्ष पुगेकाहरुलाई वृत्तभक्ता दिने निर्णय गर्यो, तर स्रोत कहाँबा आउने त ?’ उनले देउवा सरकारले गरेका यी निर्णयहरुलाई वित्तिय अराजकताको संज्ञा दिए ।
उनले भने,‘यो गैरजिम्मेवारीपूर्ण निर्णय हो।’ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यसबारेमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए । उनले थपे,‘ओली रिभ्यु गर्छु भन्नुभएको छ।’
वर्तमान सरकार कामचलाउ भएकोले उसले विधि र प्रक्रिया लत्याएर कार्यक्रम ल्याउँदा आगामी सरकारलाई चूनौति थपिएको उनको गुनासो थियो । यद्धपी उनले अब बन्ने वाम गठबन्धनको सरकारले त्यसलाई सही ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
खनालले नेपालमा पुँजीगत खर्च गर्न नसक्नु ठूलो समस्या रहेको बताए । उनले भने,‘एमाले र माओवादीको वाम गठबन्धनले प्राथमिकता निर्धारण गरिसकेका छन्, उर्जा पहिलो, पूर्वाधार दोस्रो, कृषि तेस्रो, औद्योगिकरण र पर्यटन चौथो र मानव संशाधन पाँचौ छ, अब यही प्राथमिकता अनुसार काम गर्नुपर्छ।’
नेपालमा संरचनागत अवरोध भएकोले एक अर्कालाई परिपुरक बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । नीजी क्षेत्रले अनुत्पादक क्षेत्रमा लगानी प्रर्वद्धन गर्ने गरेकोले अब गुणात्मक आर्थिक वृद्धि गर्नेतिर जोड दिनु पर्ने उनको भनाई थियो ।
उनले प्रत्यक्ष वैदेशिक लगानी एकद्धार प्रणालीबाट ल्याउनुपर्ने बताए । खनालले भने,‘नीजी क्षेत्रलाई आकर्षण गर्नुपर्छ, सुविधाजनक रुपान्तरण गर्नुपर्छ।’
Hari Hancy Hero
Yo chi kp la kuni pada denx vanara khuba kp ko gun gan gaux.taro buba kp la ddasalutako thaaxen.upchar ko nam ma lutako? janta setamol napayara maarako x.janta la terako tax ken nahuna? yesta pane artha beda ra?