नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य

सारांश

  • काठमाडौँ ।
  • जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।
  • जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो ।

काठमाडौँ । जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्र्गत आज भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।

जिम्बाब्वेको हरारेमा रहेको टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ६८ रनको योगफल बनायो ।

नेपालका लागि गुलशन झाले सवाधिक ५७ रनको योगदान दिए । उनले ४२ बलमा चार चौका र तीन छक्काको मद्दतमा अविजित ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै नेपालका सुरुआती ब्याट्सम्यान अर्जुन साउदले ८४ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४८ रन बनाए । कुशल मल्लले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ४४ रन बनाए ।

त्यस्तै सन्दीप लामिछानेले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३२ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन जोडे । भीम सार्कीले २० रन बनाए ।
  
बलिङतर्फ आयरल्यान्डका मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योङले समान २/२ विकेट झारे भने एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए । आयरल्याण्ड अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
‘गर्लफ्रेण्ड’ भेट्न शालिकराम पुडासैनीले लिएको छुट्टै कोठा फेला पर्यो
३ दिनसम्म मौसम कस्तो होला ?
३ दिनसम्म मौसम कस्तो होला ?
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
प्रधानमन्त्री अाेली र अध्यक्ष दाहालले प्रदेश नं २ काे प्रदेशसभालाई सम्बाेधन गर्दै !
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
मुग्लिनमा पहिरो खस्यो, ४ प्रहरीको शव भेटियो,
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिने
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
बालिका बलात्कार गरेको आरोपमा भालु पक्राउ !
बालिका बलात्कार गरेको आरोपमा भालु पक्राउ !
गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै
गौरीशंकरको मार्बुमा ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम हुँदै

तपाईंले छुटाउनुभयो कि?