अवैध सामान बरामद
सारांश
- बीरगंज ६,भदौ ।
- प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ ।
- सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुलहक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो ।
बीरगंज ६,भदौ ।प्रहरीले गएराति भन्सार छलि भित्र्याएको करीब रु दश लाख बराबरको कपडा र भाँडा बरामद गरेको छ । सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा भिस्वा बजारमा रहेको ऐनामुलहक अन्सारीको पसलमा छापामारी उक्त मूल्य बराबरको कपडा र भाँडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा भित्र्याइएको विभिन्न किसिमको कपडा तथा भाँडा भिस्वा बजारको एक पसलमा भण्डार गरी राखेको सूचनाको आधारमा छापामारी गर्दा करीब दश लाख मूल्यको कपडा तथा भाँडा बरामद गरिएको सशस्त्र प्रहरी राजश्व गुल्म वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जनाकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया