‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
सारांश
- काठमाडौँ, ७ भदौ ।
- बहुप्रतिक्षित नेपाली चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक भएको छ ।
- प्रदिप खड्का अभिनित चलचित्र रोजको ट्रेलर विहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ ।
काठमाडौँ, ७ भदौ । बहुप्रतिक्षित नेपाली चलचित्र ‘रोज’ को ट्रेलर सार्वजनिक भएको छ । प्रदिप खड्का अभिनित चलचित्र रोजको ट्रेलर विहिबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ । सँधै एक आदर्श प्रेमी बनेर पर्दामा देखिएका प्रदिप यो फिल्ममा एक अपराधिका रुपमा देखिएका छन् । फिल्ममा उनको लचकदार अभिनय भएको संकेत ट्रेलरबाटै लगाउन सकिन्छ ।
फिल्मको नाम पहिले ‘रोजी’ राखिए पनि पछि संशोधन गरी ‘रोज’ बनाइएको थियो । रोजी नाम र फिल्मको कहानी कुनै सत्य घटनासँग मेल खान गएकोमा नाम परिवर्तन गर्नु परेको फिल्मका निर्देशक निकर पौडेलले बताए । तर अब सबै समस्या सुल्झेको र सिकायत रहेको परिवारसँग पनि छलफल गरेको निर्देशक पौडेलले प्रष्ट पारे ।
फिल्ममा प्रदिप खड्का सँगै मिरुना मगर, प्रमिता राना, कर्मा आदिको भूमिका रहेको छ । निरक पौडेलको निर्देशन रहेको फिल्म रोज को कथा केदार भुषालले लेखेका हुन् । भने निर्माता उद्धव पौडेल हुन् । फिल्म गापि कृष्ण मुभिज र आरोहि इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा बन्न लागेको हो ।
बहुप्रतिक्षित मानिएको फिल्म रोज भदौ २२ मा रिलिज हुँदैछ ।
प्रतिक्रिया