सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सिट बाँडफाँटको टुङ्गो लगाउन आज पनि गठबन्धन दलबीच छलफल हुँदै

सारांश

  • काठमाडौं।
  • सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो।

काठमाडौं। सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक आज फेरि बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउन गम्भीर छलफल भएको थियो। तर छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बस्नेगरी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ।

(plu68.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?