वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
५१ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

सारांश

  • रोल्पा ।
  • यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् ।
  • जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।

रोल्पा । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।

सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताए । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ ।

परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ । यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक / एक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट छ / छ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् । यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीन / तीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन् । यसैगरी मलेशियामा सात, कतार र युएईमा तीन / तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एक / एक जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त स्रोतकेन्द्र स्थापना गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो
युएईले नेपालाई जितको लागि १८२ रनको लक्ष्य दियो
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
पत्रकार महिला रञ्जु दनुवारको उपचार सहयोगका लागि महासंघको आग्रह
ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
नजिकका मान्छेको उदण्ड हर्कत रोक्न प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको आग्रह
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै
राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधारिँदै
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
स्काभेटरमा आगलागी
स्काभेटरमा आगलागी
परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल