काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • नेपाली काँग्रेसको हिजो शुक्रबार विवादका कारण बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।
  • पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा वैठक बस्न लागेको हो ।

काठमाडौँ । नेपाली काँग्रेसको हिजो शुक्रबार विवादका कारण बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा वैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्षनेता सम्मिलित वैठक ११ बजे बस्ने बताइएको छ ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठक तयारीका सम्बन्धमा शीर्षनेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताए ।

गत वैशाख १६ गते सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले यही भदौमा महासमितिको बैठक गर्ने निर्णय गरेको थियो । बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनः संरचनाअनुसार पार्टीको पुनः संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति बनाउने निर्णय पनि गरेको थियो ।

निर्णयअनुसार बिहीबार काँग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमा काँग्रेसका जिल्ला सभापतिहरुले सहभागिता हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?