तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

सारांश

  • पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् ।
  • तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।
  • दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ ।

पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९० पुगेको छ । यस्तै मूल्य बढेर नयाँ आलु रु ५५, पुरानो आलु रु ३५, प्याज रु ६०, लौका रु ७०, तानेबोडी रु १४०, काउली रु १२०, भेडेखुर्सानी रु १२०, हरियो तरकारी सानो मुठाको रु २५, गोलभेँडा रु १२०, हरियो खुर्सानी रु १०० पुगेको छ ।

सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । “साग तरकारीको मूल्य छोइनसक्नु छ”, स्थानीय कुलराज बमले भन्नुभयो, “मूल्यवृद्धिले सबैभन्दा बढी मारमा विपन्न वर्ग परेका छन् ।”

अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्दछ । यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताउनुभयो । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको गुनासो उपभोक्ताको छ ।

“साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन सकेका छैनन्, भाउ बिचौलियाको नियन्त्रणमा छ”, स्थानीय उपभोक्ता जीवन धामीले भन्नुभयो, “मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्नेतर्फ कसैको चासो देखिँदैन ।”

फुट्कीको मूल्य चर्को

यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो रु ७०० देखि रु ८०० मा कारोवार भएको छ । “असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो”, स्थानीय रामदिन रानाले भन्नुभयो, “केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।”

मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
एमाले र राप्रपा नेपालबीच गठबन्धन, राप्रपा नेपाल चिन्हबाटै चुनाव लड्ने
यसरी खुल्यो पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी
यसरी खुल्यो पेट्रोलियम पाइपलाइन फुटाएर योजनावद्ध तरिकाले डिजेल चोरी
पप्पु कन्स्ट्रक्सन र नेताहरुसँगको सम्बन्ध हेर्नुस्
पप्पु कन्स्ट्रक्सन र नेताहरुसँगको सम्बन्ध हेर्नुस्
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
सहायक हवल्दारको शंकास्पद मृत्यु, सुसाइट नोट समेत फेला पर्यो
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
  बेनीमा ५० करोडको लागतमा नदी नियन्त्रण आयोजना
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, माधव नेपालको असहमतिपत्र
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
श्रेष्ठलाई कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?