आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
आज विजया दशमी : मान्यजनबाट टीका तथा आशिर्वाद ग्रहण गरिँदै

सारांश

  • काठमाडौं  ।
  • आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
  • घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ ।

काठमाडौं  । आज दशमी, अर्थात हिन्दू नेपालीको महान् चाड बडादशैं मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।

घरमा विधिपूर्वक राखिएको जमरा र टिका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टिका तथा आशिर्वाद लिने चलन छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज टिकाको ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेट जाँदा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।

पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापित पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशैंँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बाआमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
ओली सरकारको एक वर्ष ‘कुरामा नम्बर वान, काममा जिरो’ : डा. महत
अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
नेकपाको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ, राष्ट्रियसभाको दीनानाथ नेता
लागूऔषध सहित ३ जना पक्राउ
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
११ दिन मिटिङ बसेपछि आयो विप्लवको यस्तो निर्णय
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
नीति तथा कार्यक्रमका कृषिलाई प्राथमिकता, १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि
नीति तथा कार्यक्रमका कृषिलाई प्राथमिकता, १० वर्षमा कृषि उत्पादन दोब्बरले वृद्धि
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल
ओली प्रधानमन्त्रीमा नियुक्त हुँदा राष्ट्रपति कार्यालयको त्रुटी छताछुल्ल