कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
कन्चनपुर घटनाका मृतक खुन्ना सहिद घोषित, खुन्ना र निर्मला परिवारलाई १०–१० लाख दिने निर्णय

सारांश

  • काठमाडौ ९ भदौ ।
  • शनिबार साँझ ७ बसेको मन्त्रीपरिषद्को बैठक राती ९.
  • ३० बजे सकिएको छ।

काठमाडौ ९ भदौ । शनिबार साँझ ७ बसेको मन्त्रीपरिषद्को बैठक राती ९.३० बजे सकिएको छ।आजको बैठकले कञ्चनपुर घटनाका मृतक सन्नी खुन्ना लाई सहिद घोषणा गरेको छ। साथै घटनामा ज्यान गुमाएको खुन्नाको परिवारलाई राहत स्वरुप १० लाख रुपैँया दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारकर्मी गोकुल बास्कोटाले बताए।

त्यसैगरी  बलात्कार गरी हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारलाई पनि १० लाख रुपैयाँ दिने निर्णय भएको छ। सोही घटनाको विरोधमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि खुन्नाको शुक्रबार मृत्यु भएको थियो।  बैठकले घाइतेहरूकोे निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।

घटनाको छानबिन गर्न बनाइएको छानबिन समितिलाई समिति गठन भएपछिको घटनाको छानबिन गर्न पनि अख्तियारी दिने निर्णय भएको छ ।चिकित्सकको सिफारिस बमोजिम अंगभंग भएका हरूलाई आर्थिक सहयोग गराउने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा गृह मन्त्रालयले एसपी दिल्लीराज बिष्टलाई निलम्बन गर्ने निर्णय गरेको छ।छानबिन अवधिभरका लागि निलम्बन गर्ने निर्णय भएको हो। एसपी बिष्टलाई दुई दिनअघि कञ्चनपुरबाट हटाइएको थियो।

शनिबार मन्त्रालयले यस्तो निर्णय गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

हत्याका मुख्य अभियुक्तलाई उनले जोगाउने प्रयास गरेको आशंका गरिएको छ। बैठकले डिएसपी ज्ञानबहादुर सेठी र इन्सपेक्टर एकेन्द्र खड्कालाई मुख्यालय तान्ने निर्णय पनि भएको छ। स्रोतका अनुसार प्रारम्भिक प्रतिवेदनका आधारमा अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही रहेको देखिएपछि एसपी बिष्टलाई निलम्बन गरिएको हो।

ad

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?