मत हाल्न नपाउँदा सयौँ राष्ट्रसेवक दुःखी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
२६१ पटक हेरिएको
Shares

सारांश

  • गौशाला, ३१ वैशाख ।
  • जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् ।
  • नेपाल सरकारले आजको दिन राष्ट्रव्यापी रुपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् ।

गौशाला, ३१ वैशाख । जागिरका सिलसिलामा आफ्नो गाउँ ठाउँबाट टाढा महोत्तरी जिल्लामा बस्दै आएका सयौँ राष्ट्रसेवक कर्मचारी प्रदेश नं ३,४ र ६ मा आज भइरहेको स्थानीय तहको निर्वाचनमा मत दिन नपाउँदा दुःखी भएका छन् ।

नेपाल सरकारले आजको दिन राष्ट्रव्यापी रुपमा सार्वजनिक बिदाको व्यवस्था नमिलाउँदा प्रदेश नं ३,४ र ६ का सयौंँ सरकारी कर्मचारी आफ्नो मतदान केन्द्रमा जान पाएनन् । स्वास्थ्य, शिक्षा, स्थानीय निकायसहित महोत्तरीका करिब चार दर्जन सरकारी कार्यालयमा कार्यरत सयौँं कर्मचारीले आफूहरुले बिदा नपाउँदा घर जान नपाएको र कार्यालयको कामकाज ठप्प पार्न नसकिने अवस्था रहेकाले २० वर्षपछि भएको ऐतिहासिक स्थानीय निर्वाचनमा भाग लिन नपाएकामा उनीहरुले दुःख व्यक्त गरेका छन् ।
यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था, निजी संस्था, कारखाना र अन्य रोजगारीका सिलसिलामा रहेकाहरु तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका सुरक्षाकर्मीले पनि मतदान गर्न पाएनन् ।

प्रदेश नं ३, ४ र ६ का विभिन्न जिल्ला र गाउँपालिकाबाट महोत्तरीमा रोजगारीको सिलसिलामा बस्दै आएका सयौँ कर्मचारीले आजका दिन सरकारले देशभरि नै सार्वजनिक बिदा गरेको भए आफूहरु पनि सहजै आआफ्नो घर गएर स्थानीय तहको निर्वाचनमा भोट खसाल्न पाइने थियो भन्दै गुनासो गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?