खोरेत फैलियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
खोरेत फैलियो

सारांश

  • इटहरी, १० भदौ ।
  • सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ ।
  • खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ ।

इटहरी, १० भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा पशुमा खोरेत रोग फैलिएको छ ।खोरेत रोग देखा परेपछि किसानमा पशु मर्ने त्रास बढेको छ । गाईमा सबैभन्दा बढी खोरेत देखिएको छ । दुई सयभन्दा बढी पशु चौपाया बिरामी परेको इटहरी–५ का बाबु घिमिरेले बताउनुभयो । पशु प्राविधिकलाई जाँचका लागि बोलाएपनि रोग नियन्त्रणमा आउन नसकेको उहाँले बताउनुभयो । रोग फैलिदै गएपछि किसान चिन्तत बनेका छन् ।

गाईवस्तुले घाँस नखाने र मुखबाट ¥याल काढ्ने गरेका छन् । रोगबारे जानकरी गराउँदा पनि पशु प्राविधिकले ध्यान नदिएको किसानको गुनासो छ । रोग लागेपछि गाईले दूध दिन छोडेको इटहरी हलगडाका लाल चौधरीले बताउनुभयो । किसान आफैले पशुको उपचार गरिरहेका छन् ।इटहरी उपमहानगरपालिकाका पशु प्राविधिक राजेशप्रसाद पौडेलले खोरेत रोगको सङ्क्रमणबारे किसानको गुनासो नआएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?