फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
फेवाको सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय

सारांश

  • पोखरा ।
  • पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ ।
  • जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

पोखरा । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ ।

जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए ।

कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ ।

बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन सोका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य : राष्ट्रपति भण्डारी
अर्थमन्त्री महतले भने :   राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
अर्थमन्त्री महतले भने : राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
तरकारीको भाउ आकासियो
तरकारीको भाउ आकासियो
मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा, भोलि सम्झौता हुने
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
एनआईसी एशिया र युनाईटेड ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने  पक्राउ, अरूकाे खाेजी जारी
विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने पक्राउ, अरूकाे खाेजी जारी
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
बेपत्ता भाइसित चार दशकपछि सम्पर्क हुँदा…
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्