यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
यस्ता आरोप लगाउँदै प्रचण्डले दिए प्रधानमन्त्रीलाई सरकारमा नरहेको जानकारी

सारांश

  • काठमाडौं, २८ पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अहिलेको अवस्थामा सरकारमा रहिरहनु औचित्यपूर्ण नभएको भन्दै आफ्नो पार्टी अब सरकारमा नरहेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएका छन् ।
  • ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्व पहल हुनेछ भन्ने अपेक्षा राखेकोमा त्यस दिशामा ठोस कदम नचालिएको जानकारी पत्रमा उल्लेख छ ।

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अहिलेको अवस्थामा सरकारमा रहिरहनु औचित्यपूर्ण नभएको भन्दै आफ्नो पार्टी अब सरकारमा नरहेको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएका छन् ।

ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्व पहल हुनेछ भन्ने अपेक्षा राखेकोमा त्यस दिशामा ठोस कदम नचालिएको जानकारी पत्रमा उल्लेख छ । सत्ता हस्तान्तरणमा ढिलासुस्ती भइरहेको, राजश्वको दूरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएको बताउँदै जानकारी पत्रमा भनिएको छ, “आजैबाट हामी ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा.(संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौं ।”

प्रधानमन्त्रीलाई बुझाइएको जानकारीपत्रको पूर्णपाठ :

सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यालय
सिंहदरबार, काठमाडौं ।

विषय : सरकारमा नरहेको जानकारी ।
महोदय,
नेपालको संविधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तह, मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल राजनीतिक कार्यभार पूरा गर्न एउटा विशिष्ट अवस्थामा हाम्रो पार्टी तपाईले नेतृत्व गर्नुभएको सरकारमा सामेल भएको कुरा सर्वविदितै छ । २०७४ असोज १७ गते ने.क.पा. (एमाले) र ने.क.पा. (माओवादी केन्द्र) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धन अन्तर्गत मिलेर चुनाव लड्ने र चुनावपछि एउटै पार्टी बनाउने समेतको उद्घोष गरेपछि मुलुकमा नयाँ राजनीतिक धु्रवीकरण पैदा भयो । त्यो स्थितिमा पनि निर्वाचन सम्पन्न गर्न तपाइलाई अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भन्ने उद्देश्यले हाम्रो पार्टी सरकारमा बसेको थियो । अब निर्वाचन सम्पन्न भइसकेको छ । संघीय संरचनाअन्तर्गत प्रदेश, संघ र दुई नम्बर प्रदेशको स्थानीय तहको सफल चुनाव गराएर यो सरकारले ऐतिहासिक महत्वको काम गरेको छ । त्यसका लागि हामीले तपाइलाई वधाई पनि दिइसकेका छौं ।
निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि आवश्यक वातावरण बनाउन अबिलम्व पहल हुनेछ भन्ने अपेक्षा हामीले राखेका थियौं । तर आजसम्म पनि त्यस दिशामा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजश्वको दूरुपयोग र काम चलाउ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा.(संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँदछौं । साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौं ।
२८ पुस २०७४
…………………………..
पुष्पकमल दाहाल ’प्रचण्ड’
अध्यक्ष
ने.क.पा.(माओवादी केन्द्र)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता
राष्ट्रियसभा सदस्यको लागि आज मनोनयन दर्ता
नुवाकोटमा मनाइयो सन्दुरे जात्रा
नुवाकोटमा मनाइयो सन्दुरे जात्रा
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
विश्वासको मत प्राप्त गर्नेसम्बन्धी विषय कार्यसूचीमा राख्न प्रधानमन्त्रीको अनुरोध
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
भत्कायो एमालेले`माओवादीको आधार इलाका,बालकृष्ण ढुंगेलको गाउँमा माओबादीको लज्जास्पद हार“
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नेतृत्वविहीन अवस्थामा
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
नेपाल–श्रीलङ्का संयुक्त आयोगको बैठकमा व्यापार–लगानीबारे छलफल
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’

तपाईंले छुटाउनुभयो कि?