बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

सारांश

  • काठमाडौं ।
  • बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ ।
  • मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो ।

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।

ब्यूरोले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए–नभएको परीक्षण गरिएको रहेछ”, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । साठी केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ ।

उनले थपे, “प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।”

निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, “हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।”

पीडित बालिका मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याइएको थियो । पुस १९ सम्म काठमाडौँमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याइएको प्रहरीको भनाइ छ ।

भारत पुर्‍याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ ।

पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी चार सय ४३ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
व्यवस्थापन सञ्चालन बिदेशीलाई करारमा दिने तयारीमा बायु सेवा निगम
व्यवस्थापन सञ्चालन बिदेशीलाई करारमा दिने तयारीमा बायु सेवा निगम
प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता !
प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता !
पाँचथरमा हावाबाट बिजुली
पाँचथरमा हावाबाट बिजुली
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघ्यो
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना !   विजय दशमी २०७५ को  हार्दिक मंगलयमय शुभकामना
देश सृमद्ध होस्, जनता समृद्ध हुन्, फेरियास् यो जमाना ! विजय दशमी २०७५ को हार्दिक मंगलयमय शुभकामना
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु (निर्णयसहित)
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
दक्षिण कोरियाले नेपाललाई दियो पाँच करोड पचास लाख
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !
यस्तो रणनीति बनाउँदै ओलीविरुद्व खनाल, नेपाल र गौतम !

तपाईंले छुटाउनुभयो कि?