जुम्लामा २४ करोडको स्याउ उत्पादन !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares
जुम्लामा २४ करोडको स्याउ उत्पादन !

सारांश

  • सुर्खेत, ११ भदौ ।
  • चालू आर्थिक वर्ष २०७५÷७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।
  • स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो ।

सुर्खेत, ११ भदौ । चालू आर्थिक वर्ष २०७५÷७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । तीन हजार ४०० हेक्टरमा स्याउ लगाइएको थियो । प्रतिकिलो रु ४० मा स्याउ बिक्री भएको उनले बताए ।

चन्दननाथ कृषि विकास शाखाका प्राविधिक सहायक धर्मराज आचार्यले प्रतिव्यक्तिले तीनदेखि १० मेट्रिक टनसम्म स्याउ बिक्री गरेको बताए । अहिलेसम्म झण्डै ५०० क्विन्टल स्याउ बिक्रीका लागि सुर्खेत र नेपालगञ्ज ल्याइएको छ । व्यापारीलाई ढुवानी अनुदानअन्तर्गत १० देखि १५ किलोका दुई हजार ५०० कार्टुन बाँडिएको आचार्यले बताए। कृषकले सामान्यतः बजारमा प्रतिकिलो रु ५० मा स्याउ बिक्री गरेको जुम्ला उद्योग बाणिज्य सङघका अध्यक्ष रामदत्त रावलले बताए ।

जुम्लाका किसान स्याउ टिप्न थालेका छन् । बगँैचाबाट स्याउ टिप्ने, एकै ठाउँमा भण्डारण गर्ने, ग्रेडिङ, प्याकेजिङ्सहित कार्टुन तयारी गर्न उनीहरुलाई भ्याईनभ्याई छ । व्यापारी स्याउ किन्न बगैँचामा नै पुग्न थालेपछि पछि किसानलाई बिक्री गर्न समस्या छैन । स्याउ बोकेर बजार लैजाने झञ्जट हटेको छ । बगैँचामा प्रतिकिलो रु ५५ देखि रु ६० सम्ममा स्याउ बिक्री गर्दै आएको तिला गाउँपालिका–३, लुम्सेराका मनकोइला हमालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
उत्तर कोरियाली नेता किम जोङको कारमा छन् यस्ता विशेषता
के राजपा सरकारमा सहभागी हुन्छ ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, जसपासँग आजै सत्तासमिकरणबारे छलफल
प्रदेश मन्त्री चढेको जीप दुर्घटनामा
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी : विदेशमन्त्री वाङ यी असोज ८ मा नेपाल आउने
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
२५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी
२५ फुट लामो सुरुङ खनेर बैंकमा चोरी
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
फोक्सो क्यान्सरः जोखिम बढी, पत्ता लाउनै गाह्रो ( ६ लक्षण, उपचार कसरी ?)
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक

तपाईंले छुटाउनुभयो कि?