संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।
  • प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसदमा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन् । यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको १९औँ शिखर सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?