पहिलाेपटक क्षुद्र ग्रह खोज अभियान !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पहिलाेपटक क्षुद्र ग्रह खोज अभियान !

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।
  • राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो ।

काठमाडौँ, १२ भदौ । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यही भदौ १८ देखि असोज १४ सम्म सञ्चालन हुने अभियानमा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले भाग लिनसक्ने छन् । सोसाइटीले ३० समूहलाई मात्र सहभागी गराउने भएकाले इच्छुक विद्यार्थीलाई सम्पर्कका लागि अध्यक्ष सुरेश भट्टराईले आह्वान गरे । भाग लिन इच्छुकलाई भदौ १९ र २० गते इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण कार्यक्रम चलाइने छ ।

एक समूहमा पाँच विद्यार्थी एक शिक्षक हुनुपर्नेछ । प्रत्येक समूहलाई आकासीय ग्रहसम्बन्धी फरक÷फरक तस्बिर उपलब्ध गराइने छ । छ वर्षदेखि राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानलाई निरन्तरता दिँदै आएको सोसाइटीले जनाएको छ । यस वर्षको खोज प्रदेश १ बाट शुरु गरिएको हो । खोजले भविष्यमा विद्यार्थीमा अझ बढी अनुसन्धानमा लाग्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ । मङ्गल र वृहस्पतिका बीचमा रहेको क्षुद्रग्रह पत्ता लगाउने समूहले आफूले चाहेअनुसार नामाकरण गर्न सक्नेछ । भाग लिन चाहने विद्यालयमा इन्टरनेट सुविधासहित एउटा कम्प्युटर अनिवार्य हुनुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राेचक : युवती अचानक भइन् बिमारी, पेटमा रहेछन् तीन बच्चा
राेचक : युवती अचानक भइन् बिमारी, पेटमा रहेछन् तीन बच्चा
नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा
नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
बालन संस्कृतिः आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल
बालन संस्कृतिः आर्थिक व्यवस्थापनसँगै कलाकार जोगाउनै मुस्किल
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
श्रीलङ्कामा डिसेम्बरमा दश हजारभन्दा बढी व्यक्ति डेङ्गुबाट सङ्क्रमित
यसरि पुरा गरे प्रचण्डले बाचा !
यसरि पुरा गरे प्रचण्डले बाचा !
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

तपाईंले छुटाउनुभयो कि?