साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
साहित्यमा समृद्धिको वर्णन गर्नुहाेसः प्रधानमन्त्री अाेली

सारांश

  • काठमाडौँ, १२ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् ।
  • नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भने ।

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै सुन्दर नेपालको रित्तो घर वा घरभित्र भोका र नाङ्गा बालबालिकाको वर्णन गरेर नेपाल कुरुप नै रहिरहने भन्दै उनले आफूहरु अब समाजलाई सुन्दर बनाउने पक्षमा र कोही नेपाली भोकै नरहोस् भन्ने सोचका साथ काम गरिरहेको छौ भने । प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको पाखण्डी र अवैज्ञानिक सिद्धान्तलाई फालेर जनताले छानेको लोकतान्त्रिक प्रणाली समृद्धिको महायात्राको थालनी भएकाले नयाँ युगको यात्रामा समृद्धिको वर्णन गर्न स्रष्टाहरुलार्ई आग्रह गरे ।

कवि हरिभक्त कटुवालले “जूनलाई टाढैबाट हेर, नजिकबाट हेर्दा दाग देखिन्छ” लाई आफ्नो हकमा उल्ट्याएर बुझ्न आग्रह गर्दै उनले भने, “मलाई नजिकैबाट हेर्नुस्, दाग धब्बा देखियो भने आलोचना गर्नुस् । मबाट अख्तियारको दुरुपयोग हुँदैन । मलाई जनताले त्यसका लागि जिताएर पठाएका होइनन् । भ्रष्टाचारमा मेरो शून्य सहनशीलता हुन्छ ।” प्रधानमन्त्री ओलीले राष्ट्रलाई जगाउने र एकताबद्ध गर्ने सन्दर्भमा प्रज्ञा प्रतिष्ठानले निर्वाह गरेको भूमिका असाधारण छ भन्दै यस्तो भूमिकाले परोक्षरुपमा मान्छेको मनोविज्ञान र मनोदशालाई रुपान्तरित गराउने छ भने । बैठकले गत आर्थिक वर्षको कार्यक्रम र गतिविधिको समीक्षा गर्दै चालू आवको बजेट र कार्यक्रम पारित गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ केजी सुन बेपत्ता प्रकरण:  बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
३३ केजी सुन बेपत्ता प्रकरण: बालकृष्ण सञ्‍जेल भन्छन् ५ करोडसम्म खर्च गर्छु भनेपछि..
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै
भारोत्तोलन एकेडमी निर्माणको काम दु्रत गतिमा हुँदै
कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा
कांग्रेस बैतडीको पालिका सम्मेलन जेठ ३० मा
धितोपत्र बजारमा सामान्य सुधार
धितोपत्र बजारमा सामान्य सुधार
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
पूर्व डिएसपी विरुद्ध २ वर्ष उमेर ढाँटेको भन्दै मुद्दा दर्ता
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
संघ, प्रदेश र स्थानीय तहबीच शक्ति टकराव हुनसक्छ : अध्यक्ष तिमिल्सिना
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही