हुकिङ गरी बिजुली चोर्ने २८ जना पक्राउ
सारांश
- महोत्तरी ।
- हुकिङ गरेर बिजुली चोरेर बाल्दै राज्यलाई ठग्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बिजुली हुकिङ गरेर चोर्नेलाई पक्राउ गरेको छ ।
महोत्तरी । हुकिङ गरेर बिजुली चोरेर बाल्दै राज्यलाई ठग्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने बिजुली हुकिङ गरेर चोर्नेलाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीका विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका महोत्तरीका अनुसार नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाको आग्रहमा पक्राउ गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रहरी टोलीले सदरमुकाम जलेश्वरसहित विभिन्न ठाउँमा हुकिङ गरी बिजुली बालिरहेका उनीहरुलाई फत्रेको हो । बिजुली चोरेर उपयोग गरिरहेको भेटिएपछि उनीहरूलाई पक्राउ गरी ल्याइएको हो ।
पक्राऊ परेका व्यक्तिले प्राधिकरणमा नियम अनुसारको जरिवाना बुझाएपछि उनीहरुलाई छाडिने बताइएको छ । प्राधिकरणले बिजुली चोर्नेका लागि विशेष अभियान चलाइरहेको जनाएको छ ।
प्रतिक्रिया